काठमाडौं । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।
श्रेष्ठले सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
यता सभामुख देवराज घिमिरेले भने सांसदबाट हटाइएको सूचना संसदमा पढेर सुनाइसकेका छन्।