शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नागरिकता विधेयक प्रमाणीकरणका लागि जोडबल गर्दै सरकार, राष्ट्रपतिले थाले परामर्श

आइतबार, बैशाख २४ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले जोडबल थालेको छ । यसैबारे राष्ट्रपति पौडेलले कानूनिवद्सँग आज परामर्श गर्ने भएका छन्। राष्ट्रपति पौडेलले ​अहिले केहीबेरमा कानुनविद्सँग परामर्श गर्न लागेको उनको सचिवालयले जनाएको छ।

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्। सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए। सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।