सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने

शुक्रबार, बैशाख २२ २०८०

काठमाडौं । आज यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ  । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरवाट यो देखिदैँन् ।