सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कमल थापाको प्रस्ताव : चार्ल्सको राज्याभिषेकमा पूर्वराजालाई पठाउनु राष्ट्रहितको पक्षमा हुनेछ

बिहिबार, बैशाख २१ २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुने उनको भनाइ छ ।

सरकारले यता चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई बेलायत पठाउने भएको छ ।

मन्त्री साउद आज बेलायत जान लागेका छन् । उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो ।

स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।