बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालत पेश गरिने

बिहिबार, बैशाख २१ २०८०

काठमाडौं । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।

वुटवलवाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन् । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँदै छ । आजै उनलाई अदालतमा पेश गरिनेछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

पुर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  । उनमाथी अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिईसकेको छ ।

मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।