बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

बुधबार, बैशाख २० २०८०

घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।