काठमाडौं जेठ, २४–
निकै विवादमा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । आयल निगमले खरिद गरेको जग्गा सम्बन्धि भष्टाचार काण्डमा मुछिएका खड्का मन्त्रालय तानिएका थिए । उनले बिहीबार पत्रकार सम्मेलन मार्फत राजीनामाको घोषणा गरेका हुन् ।
खड्काले कार्यकाल सकिन ६ महिना हुँदा बाँकी भएकाबेला राजीनामा दिएका हुन् । उनले आफूले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा खडख्काले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए । उनले भने, ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे ।’ अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै उनले आक्रोश समेत पोखे ।