बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपनिर्वाचनमा निर्वाचित सांसदले आज शपथ लिँदै

शुक्रबार, बैशाख १५ २०८०

काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित तीन सांसद मध्ये दुईजनाको आज शपथ हुदैँछ ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक दुई जनाको आज सपथग्रहण हुन लागेको हो ।

उनका अनुसार चितवन–२ बाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।