सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेप्सेमा दुई अंकको बृद्धि

चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए

सोमबार, बैशाख ११ २०८०

काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार दुई दशमलव ७१ अंकले बढेर १८ सय ८८ दशमलव ३२ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव २३ अंकले बढेर तीन सय ५९ दशमलव ३७ अंकमा पुगेको छ । दुई सय ७० वटा कम्पनीहरुको ३३ हजार दुई सय १३ वटा कम्पनीहरुको २२ लाख ६० हजार आठ सय २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाएपनि बाँकी नौं पटा समुहले भने कमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १६ अंकले घटेर १२ सय २९ दशमलव शुन्य सात अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक १९ दशमलव १९ अंकले घटेर आठ हजार पाँच सय ५६ दशमलव ५१ अंकमा पुगेको छ । होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि आज घटेका छन् । बिकास बैंक समुहको सुचक भने २४ दशमलव ५४ अंकले बढेर तीन हजार चार सय ४८ दशमलव २८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि सात दशमलव २२ अंकले बढेर दुई हजार चार सय ४४ दशमलव ७४ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा परेको छ ।