बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एयरटेल सहकारीमा गोयलको लुटधन्दा छताछुल्ल !

आइतबार, जेष्ठ २० २०७५

चितवन जेठ, २०–
काठमाडौं महानगरपालिकाको पहिला अफिस रहेको जमिनभन्दा अगाडिको घरको तेस्रो तलामा रहेको एयरटेल बचत तथा ऋण सहकारीमा अशोक गोयलले व्यापक अनियमितता गरेको पाइएको छ । जनकपुरबाट नागरिकता लिएका गोयल सो सहकारीका प्रबन्धनिर्देशक हुन् । उनकी श्रीमती सुमन केडीया सो सहकारीकी अध्यक्ष रहेकीछिन् । भारतीय मुलका नेपाली नागरिक गोयलले उक्त सहकारीबाट आफ्नै नाममा तीन करोड ७५ लाख ५० हजार रुपैयाँ ऋण लिएका छन् । त्यसैगरी, अध्यक्ष रहेकी सुमन केडियाको नाममा दुई करोड १३ लाख ७५ हजार ऋण लिएको पाइएको छ । अध्यक्ष केडिया र प्रबन्धनिर्देशक गोयलको छोरा अन्स गोयलको नाममा दुई करोड ६० लाख कर्जा देखिएको छ । उनले नेपाली नागरिकता समेत लिएका छैनन् । गोयलले आफ्नी छोरी मेख गोयल नाममा तीन करोड ४७ लाख ऋण लिएको पाइएको छ । सञ्चालकले यसरी पारिवारिक रुपमा ऋण लिन नपाउने विद्यमान सहकारी ऐनमा उल्लेख छ । तर गोयलले सहकारी नियम कानुनको बेवास्ता गर्दै विनाधितो छ करोड ४९ लाख ९५ हजार रुपैयाँ लिइएको पाइएको छ । त्यसैगरी गोयलले असिमाको नाममा फर्जि खाता खोलेर ६० लाख रुपैयाँ ऋण निकालेर आफैँले चलाएको पाइएको छ । 
पारिवारिक रुपमा गोयलले चलाएको सो सहकारीले आ सदस्यहरुलाई कर्जा दिँदा १७ प्रतिशतसम्म ब्याज लिने प्रचार गरेको छ, तर कर्जावालासँग २४ प्रतिशतसम्म ब्याज लिएको पाइएको छ । प्रबन्धनिर्देशक गोयलले १७ प्रतिशत ब्याज कर्जावालाको खातामा, अर्को थप सात प्रतिशत आफ्नो खातामा ट्रासन्फर गर्ने गरेको पाइएको छ । त्यसैगरी कर्जा लिने व्यक्तिहरुसँग एक प्रतिशत सेवा शुल्क लिने भने पनि तीन प्रतिशत सेवा शुल्क लिएर त्यसमध्ये दुई प्रतिशत सेवाशुल्क आफ्नो खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ । उक्त सहकारीले अधिकांश कर्जा घरजग्गाको कारोबारमा गर्ने गरेको पाइएको छ । यतिमात्र हैन उक्त सहकारीले सहकारी सञ्चालन गर्दा अपनाउनुपर्ने कुनै सिद्धान्त सरकारी नियमकानुन केही पालना गरेको देखिँदैन । र प्रबन्धनिर्देशक गोयलले ‘लखनऊ लुट’को शैलीमा सहकारी सञ्चालन गर्दै आएका छन् । उनले यसरी खुलेआम अनियमितता गर्दा पनि सरकारी डिभिजन कार्यालय काठमाडौं र सहकारी विभागले देखेको नदेखेझैँ गरेर उनलाई थप अनियमितता गर्ने मौका दिइरहेका छन् । देशको राजधानी काठमाडौंको केन्द्रविन्दु मानिने न्यूरोडमा रहेको सहकारीमा यस्तो ब्रह्मलुटमच्चिरहँदा नदेखेझैँ गरेर बसिरहने र त्यसैसँग मिलेर अतिरिक्त कमाइ गर्ने कर्मचारी प्रशासनलाई लिएर मुलुकमा सहकारी आन्दोलनमार्फत समृद्धि हासिल गर्ने सरकारको नीति र कार्यक्रम कसरी कार्यान्वयन होला भन्ने एउटा जिज्ञासाको विषय बन्नपुगेको छ । प्रबन्धनिर्देशक गोयलले नियमविपरीत घरजग्गामा लगानी गर्ने, कर्जा दिनुअगाडि सेयर लिएको रकम पनि कर्जा मिलान गरेको भनेर देखाउने, सेयरधनीलाई उसको सेयर रकम फिर्ता नगर्ने सेयर ‘डिसमिस’ गरिदिने, कर्जा रकम आफूखुसी कृत्रिम रुपमा कर्जाको रकम तलमाथि गरिदिने, जस्ता धन्दा गर्दै गरेको पाइएको छ । यस सम्बन्धमा पटक–पटक प्रबन्धनिर्देशक गोयललाई फोन सम्पर्क गर्दा उनले आज फुर्सद छैन भन्दै फोन लाइन काटेका थिए । सुलसुले डटकममा खबर छ ।