बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शुरु भयो हेटौंडामा आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया

आइतबार, जेष्ठ २० २०७५

 हेटौंडा जेठ, २०–
हेटौंडामा  सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया शुरु भएको छ ।

प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माणका लागि  छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रियामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान सहभागी छन् । त्यसैगरी प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह पनि अन्तरक्रियामा सहभागी भएको प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।