पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारामा बस दुर्घटना भएको छ ।
बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज विहान दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको पहिचान हुुन सकेको छैन ।
दुर्घटनामा अन्य १८ जना यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइतेको उद्धार गरि उपचारको लागि लुम्बिनी मेडिकल कलेज लगिएको छ । यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।
बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।