बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सात बर्षपछि उपेन्द्रको सत्तायात्रा !

शनिबार, जेष्ठ १९ २०७५

१९ जेठ, काठमाडौं– सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । 

२०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ ।

यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।

यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।