बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गाडी चढ्ने रहर पूरा गर्न गहना बिक्री !

शनिबार, जेष्ठ १९ २०७५

 १९ जेठ, काठमाडौं–तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् ।

तलकोट–५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् ।

सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । 

एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।