बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कसले रोक्यो राजेन्द्र श्रेष्ठको मन्त्री बन्ने बाटो ?

शनिबार, जेष्ठ १९ २०७५

१९ जेठ, काठमाडौं–मन्त्री बन्ने चर्चामा रहेका संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अवसर अन्ततः गुम्यो ।

फोरम अध्यक्ष यादव आफूसँगै सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने पक्षमा रहे पनि महासचिव रामसहाय यादव समूहले दबाब दिएपछि पछि हट्न बाध्य भए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महासचिव यादव समूहको दबाबपछि श्रेष्ठलाई मन्त्री बनाउन नहुने ‘लबिङ’मा रहेका अर्का नेता इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् ।

महासचिव यादव, राई, नेतृ रेणु यादव समूहले प्रत्यक्ष निर्वाचितलाई मात्र मन्त्री बनाउनुपर्ने, मधेसी जनताको भोटबाट समानुपातिकमा परेका पहाडी समुदायका सांसद श्रेष्ठलाई मन्त्री बनाउन नहुने लबिङ गर्दै आएका थिए ।

सहअध्यक्ष श्रेष्ठले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।