काठमाडौं जेठ, १८–
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले चौथो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आज संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
आज फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका हुन् । उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ । गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।
संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो । फोरम नेपाल सात वर्षपछि सरकारमा सहभागि भएको हो ।
एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन ।