बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक

बिहिबार, बैशाख ७ २०८०

काठमाडौं । भरेरातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ ।

बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ ।

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।