बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सल्लेरीबाट सेनाको गुल्म नहटाउन भन्दै कांग्रेस नेता कार्की नेतृत्वको टोलीद्वारा रक्षामन्त्रीलाई ज्ञापन

शुक्रबार, जेष्ठ १८ २०७५

काठमाडौं जेठ, १८–
नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा प्रदेशसभा (क) मा उम्मेदवारका प्रत्यासी बनेका प्रकाश सिं कार्की नेतृत्वको टोलीले राक्षामन्त्री ईश्वर पोखरेलसँग भेटघाट गरेको छ । कार्की नेतृत्वको टोलीले सल्लेरीमा तैनाथ रहेको नेपाली सेनाको गुल्मलाई निरन्तरता दिन भन्दै रक्षामन्त्री पोखरेलसँग भेटघाट गरेको बताईएको छ । राक्षमन्त्रीसँग आफूहरुले एक दशक भन्दा  पहिलेदखि सल्लेरीमा निरन्तर तैनाथ रहँदै आएको गुल्मले अनुशासनमा रहेर सोलु जिल्ला तथा सल्लेरीबासीको सेवा गर्दै आएकाले गुल्मलाई निरन्तरता दिन आग्रह गरेको नेता कार्कीले जानकारी गराए । नेता कार्कीले गुल्म सार्ने निर्णयले सोलुवासी मर्माहित भएको भन्दै ओखलढुङ्गाको ब्यारेकको टुकुडीले आफूहरुको सुरक्षा गर्न नसक्ने भन्दै मन्त्रीसँग चिन्ता व्यक्त गरेको जानकारी गराए ।  आफूहरुले उक्त भेटमा सोलुको पर्यटन सम्भाव्यता, कृषि सम्भाव्यता, जलस्रोत सम्भाव्यता, विकशीत हाइड्रो पावर सम्भाव्यता र दिगो विकास एवम् विपद व्यवस्थापनका लागि सैनिक गुल्मलाई निरन्तरता दिन आग्रह गरेको कार्कीको भनाई छ । उक्त भेटघाटमा नेता कार्की, पूर्व एआईजी मिङमार लामा लगायको सहभागीता रहेको थियो ।