काठमाडौं जेठ, १८–
आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज विस्तार गर्ने मन्त्रिपरिषद्मा संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त हुनेछन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइन शहरी विकासमन्त्री बन्ने बताईएको छ । आजै दिउँसो ३ बजे शीतल निवासमा सपथको समेत तयारी गरिएको छ ।
केही दिन पहिले मात्रै फोरम नेपाल र नेकपाबीच दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी हुन लागेको हो ।