बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुनै पनि किसिमको सिण्डकेट सरकारलाई मान्य हुँदैनः गृहमन्त्री थापा

शुक्रबार, जेष्ठ १८ २०७५

विराटनगर जेठ, १८–
गृहमन्त्री रामबहादुर थापा बादलले कुन पनि किसिमको सिण्डिकेट सरकारलाई मान्य नहुने बताएका छन् । उनले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार भएको भन्दै  कसैसँग पनि कुनै सम्झौता नगर्ने प्रष्ट पारे ।  

शुक्रबार बिहान  विराटनगरमा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै गहमन्त्री थापाले भने ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट, कार्टेलिङविरुद्ध सरकारले कदम उठाउँछ ।’

 

थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । उनले सरकारको काम कानुन हातमा लिने नभइ कानुन कार्यान्वयनमात्र भएको पनि बताए ।

ठेक्कापट्टाका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताउदै गृहमन्त्री थापाले भने ‘लापारवाही गर्ने निर्माण व्यवसायीलाई भौतिक योजना मन्त्रालयले छानबिन गरिरहेको छ, उनीहरुलाई कारबाही गर्ने सडक विभागले हो, त्यसका लागि गृह मन्त्रालयले सहयोग मात्र गर्ने छ ।’

बजेट भाषणपछि बजारमा मंहगी बढ्यो नि भनी सञ्चारकर्मीले गरेको प्रश्नमा गृहमन्त्री बादलले भने ‘बजेटको कारणले बजार मूल्य बढेको होइन, यदि कसैले अनेक बाहना बनाएर मूल्य बढाएर कालोबजार गर्छ भने त्यस्तालाई सरकारले कारबाही गर्छ ।’