काठमाडौं जेठ, १८–
नेपाल बैंक लिमिटेडले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु ) गर्न लागेको १,७६,८४,८५८ कित्ता साधारण शेयरहरु प्रत्याभुतिका निम्ति ग्लोबल आईएमइ क्यापिटल लिमिटेड्,एनआईविएल एस क्यापिटल लिमिटेड ,सिभिल क्यापिटल मार्केट लिमिटेड्,सिविआईएल क्यापिटल लिमिटेड्, सनराईज क्यापिटल लिमिटेड,लक्ष्मी क्यापिटल मार्केट लिमिटेड ,सानिमा क्यापिटल लिमिटेड र नेपाल एसविआई मर्चेन्ट बैक लिमिटेडसँग सम्झौता गरेको छ ।
प्रति शेयर अंकित मूल्य रु १००।– मा प्रति शेयर रु १८०।– प्रिमियमसहित प्रतिशेयर अधिकतम रु २८०।–का दरले सार्वजनिक निष्काशन गरिने शेयर प्रत्याभुति सम्वन्धी सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र प्रत्याभुतिकर्ताहरु ग्लोवल आईएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल्,एनआईविएल एस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेख बहादुर थापा, सिभिल क्यापिटल मार्केट लिमिटेडका नि.प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य्,सिविआईएल क्यापिटल लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दाहाल, सनराईज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ,लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका प्रमुख संचालन अधिकृत अतिश श्रेष्ठ, सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र नेपाल एसविआई मर्चेन्ट बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बैकको धर्मपथ स्थित प्रधान कार्यालयमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको यस बैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।