बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिंहदरबारभित्र कुकुरको विगविगी बढ्यो !

शुक्रबार, जेष्ठ १८ २०७५

१८ जेठ, काठमाडौं–देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ ।

तर, सिंहदरबारमा मानिसको मात्रै होईन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरबारमा जताततै भुस्या कुकुरको झुन्ड देख्न सकिन्छ । नागरिक दैनिकले समाचार छापेको छ ।

यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् । सिंहदरबार काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुन्डा हटेको छैन ।

मंगलबार दिउँसो सिंहदरबार पुग्दा ठाउँठाउँमा कुकुरहरूको झुन्ड ठाँउठाउँमा देखिन्थ्यो । वन तथा वातावारण मन्त्रालयको अगाडि रहेको ज्ञानेश्वर मन्दिरमा तीन वटा कुकुर देखिए ।