बारा । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत देश बाहिरको शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।
बारा क्षेत्र नं २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित पात्र भएको आरोप लगाए। सोमबार बाराको महागढीमाई नगरपालिका-६ मा चुनावी घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सीके राउत को हो ? कहाँबाट परिचालित छन्, केका लागि परिचालित छन्, भन्ने कुरा रहस्यमयी छ। यसबारे धेरै कुरा खोज्नुपर्छ।’
देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाति र देशद्रोही बनेर राउतले राजनीति यात्रा सुरु गरेको भन्दै यादवले अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाति र देशद्रोही नै भएको टिप्पणी गरे।
उनले आफ्नो विजयी सुनिश्चित रहेको बताउँदै मतान्तर बढाउनलाई घरदैलो कार्यक्रम गरिरहेको बताए। यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए ।
यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ ।
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।
एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।
एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।
बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।