बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हाजिर मात्रै गर्दै बाहिरिन्छन सांसद, भत्ता भने पुरै बुझ्छन् !

शुक्रबार, जेष्ठ १८ २०७५

१८ जेठ, काठमाडौं–प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । 

बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । 

बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन । 

सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बासेटा मात्रै थिए । 

प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए ।