काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले व्यङग्य गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल बैठकमा अनुपस्थित भएको विषयलाई व्यक्ति हराएको सूचनाको शैलीमा प्रस्तुत गरेका हुन् ।
एमाले नेता पन्तको सूचना उनकै शब्दमा
नागरिकताको नाम– श्री पुष्पकमल दाहाल ।
चलनचल्तीको नाम– प्रचण्ड ।
स्थायी ठेगाना– फेरिई राख्ने ।
अस्थायी ठेगाना– कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया– पहिले–पहिले कोट पाईन्ट लगाउने गरेको भए पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने ।
उमेर– ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने ।
उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर, संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नु हुने महानुभावले संसद् भवन नयाँ बानेश्वरमा बुझाई दिनुहोला ।
अन्तिम पटक देखिएको स्थान– बालुवाटारको छेउछाउ ।