काठमाडौ – भोलि सोमबार नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । उक्त दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार यही बैशाख पाँच गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको रहेको छ । यि ट्रेजरी बिलहरुको परिपक्क हुने अवधि क्रमशः २०८० जेठ २ गते, २०८० साउन दुई गते, २०८० असोज ३० गते र २०८१ बैशाख चार गते रहेको छ ।
यि ट्रेजरी बिलहरु मध्ये ९१ दिने अवधिको दुई अर्ब ५० करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको टे«जरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेको छ ।