आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा अञ्जन र उमेशबीच प्रतिस्पर्धा

बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघई चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको मतदान हुन लागेको हो ।

पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाएका थिए ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था अनुसार अहिले प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारकाे ५० प्रतिशतभन्दा धेरै मत नपुगेपछि बढीमत ल्याउने दुई बीच पुन प्रतिस्पर्धा हुन लागेको हो ।