काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।
अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहति अग्रता बनाएका छन्। उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन्।
जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।
महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भने जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
एसोशिएटतर्फको पनि मतगणना सकिएकाे छ ।
एसोशिएटतर्फ विजयी हुने
डा. रामशरण थपलिया १४४०,
मनोज पौडेल १३७३,
आनन्द कुमार बगेरिया १३६४,
अम्बिका प्रसाद पौडेल १३६३,
सुनिल नारायण श्रेष्ठ १३४२,
सुशील थापा १३२९,
शैलेन्द्र गुरागाईं १३१५,
राजेश कुमार अग्रवाल १३१२,
हेमन्त गोल्छा १३००,
देशबन्धु बस्नेत १२८४,
अविनाश बोहोरा–१२७५,
गोपाल खनाल१२६५,
उज्वल कुमार श्रेष्ठ ११९१,
प्रवलजङ्ग पाण्डे ११२८,
जुना माथेमा ९९१,
शक्ति कुमार बेगानी ९८८,
सन्दिप कुमार अग्रवाल ९२५,
ऋषी अग्रवाल ८८१ र
मुकुन्द प्रसाद तिमल्सिना ८४२ छन् ।
अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।