काठमाडौँ – सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८देखि २०८० वैशाख७ गतेसम्म लागू हुनेछ ।
उक्त सहकार्य बमोजिम दराजको अनलाईन प्ल्याटफर्म बाट सानिमा बैंक डोमेस्टिक डेबिट-क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ । ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंककोडेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
कार्ड छुटको विवरण अवधि सामान
सानिमा डोमेस्टिक डेबिट कार्ड ८% वा अधिकतम् रु. ५००/– सम्म २०७९, चैत्र २८देखि २०८० वैशाख १ गतेसम्म सबै
सानिमा डोमेस्टिक क्रेडिटकार्ड १०% वा अधिकतम् रु ५००/– २०७९, चैत्र २८देखि २०८० वैशाख १ गतेसम्म सबै
सानिमा डोमेस्टिक डेबिट÷क्रेडिट कार्ड २०% वा रु. २००/– सम्म २०८० वैशाख २ देखि वैशाख ७ गतेसम्म विशेष वर्गका सामानहरुका लागि मात्रः स्वस्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका खरिदमा