काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले लेखराजको घरमा खाना खाएर कार्यक्रमका लागि महेन्द्रनगर जाने बुझिएको छ ।
नेकपा भंग भएपछि लेखराज माओवादीमा नफर्की एमालेमा बसेका थिए । अहिले उनी एमालेको सुदूरपश्चिम इन्चार्जसमेत छन् ।
भट्ट पूर्वमाओवादी नेता हुन् । भट्ट माओवादीमा रहँदा उनी प्रचण्डको अत्यन्त निकट मानिन्थे ।
नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।