बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको भीम रावलको गुनासो

मंगलबार, चैत्र १४ २०७९

कैलाली । एमाले नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् ।

मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए ।

यदी एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ  ।

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले तर, यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।

केही घण्टा अघि उनले सामाजिक सञ्जालमार्फत विष्णु पौडेलजीले आफू विरूद्ध लगाएको आरोप निराधार भएको बताएका थिए । उनले ती आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरिएको बताउँदै ती भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित रहेको उल्लेख गरेका थिए ।