बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कागेश्वरीको मनोहरा-७ मा स्थानीयले बनाए नवदुर्गा मन्दिर

सोमबार, चैत्र १३ २०७९

काठमाडौं । काठमाडौंको कागेश्वरीको मनोहरा नगरपालिका अन्तर्गत वडा नम्बर ७ मा अवस्थित नवदुर्गा टोल सुधार सेवा समाजको प्रवेशद्वारमा नवनिर्मित नवदुर्गा मन्दिरको उद्घाटन गरिएको छ ।

नवनिर्मित मन्दिरको उद्घाटनअघि एकाबिहानै स्थानीय टोलबासीहरु बाजागाजा,भजनकिर्तन र नाचगानका साथ धार्मिक कलशयात्रामा सहभागी भएका थिए।
नवनिर्मित मन्दिरको प्राङ्गणमा भएको समउद्घाटन कार्यक्रममा कार्यक्रमको सभापति नवदुर्गा टोल सुधार सेवा समाजका अध्यक्ष गोबिन्द बहादुर भट्टराई,प्रमुख अतिथि कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की,विशिष्ठ अतिथि उप प्रमुख शान्ता थापा ,अतिथी वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन थापा ,नवदुर्गा टोल सुधार सेवा समाजका उपाध्यक्ष गोरखराज ओझा (स्वागत मन्तव्य) ,नवदुर्गा मन्दिर निर्माण समितीका आर्थिक संयोजक कर्णराज कटुवाल,प्राइम टेलीभिजनका निर्देशक गणेश थापा,काठमान्डौ जिल्ला समन्वय समिती सदश्य यसोदा कार्की खड्का लगायतले महत्वपुर्ण भनाईहरु राखेका थिए ।

मन्दिर उद्घाटन गर्ने क्रममा पण्डितहरु द्वारा उपस्थित प्रमुख अतिथी,विशिष्ठ अतिथी र अतिथीहरुलाइ प्राणप्रतिष्ठा गराइ उहाँहरुको हातबाट मन्दिर भित्र रहेको मुर्तिलाई छोपेर राखेको कपडा हटाइ बिधिबतरुपमा समउद्घाटन गरिएको थियो।उद्घाटनको समयमा मन्दिर क्षेत्र बाजागाजा सहित स्वस्तिबाचन,यज्ञ होम होमादी,शंखघन्ट आदिले गुन्जाएमाण पारिएको थियो।

यसैगरी मन्दिर उद्घाटनको क्रममा वडा नम्बर ७ का पुर्व वडाध्यक्ष जिवन थापा ,वडा नम्बर ७ का सदस्य जानुका चापागाईं, नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति रन्जन न्यौपान्ने, गृह उपसचिव डोलेन्द्र निरौला, माननीय न्यायाधीश पर्शुराम भट्टराई ,गणेश प्रसाद गुरागाइ ,चन्द्र केसी ,कृष्ण प्रसाद भण्डारी लगाएतको उपस्थिति रहेको थियो।

नवनिर्मित नवदुर्गाको मन्दिर स्थानीयवासी र कागेश्वोरी मनोहरा नगरपालिकाको विशेष आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
कार्यक्रमको संचालन नवदुर्गा टोल सुधार सेवा समाजका सचीव पर्शुराम अधिकारीले गरेका थिए ।