रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
‘पार्टीका तीनै मन्त्रीहरुले राजीनामा दिइसकेको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन जान जाँदैछौँ । ’ उनले भने ।
माओवादीका मन्त्रीले राजीनामा दिएर एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।