बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

करिब १ सय दिनपछि प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

बुधबार, जेष्ठ ९ २०७५

काठमाडौं जेठ, ९–
प्रधानमन्त्री निर्वाचित भएको झण्डै एकसय दिनपछि प्रधानमन्त्री  केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।
ओलीको  भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ ।

त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि सार्वजनिक गरिएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ ।

ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । सार्वजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्री ओलीसँग गाडी पनि नभएको जनाईएको छ ।