काठमाडौं – यही चैत्र छ गते देखि चैत्र १२ गतेसम्म ग्लोवल मनी वीक मनाईने भएको छ । ग्लोवल मनी वीक मनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि सोही अनुुसारको तयारी बैंक तथा फाईनान्स कम्पनीहरुले गरेका छन् । बिहिबार अनुमतीप्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सार्वजनिक सुचना जारी गर्दे राष्ट्र बैंकले उक्त निर्देशन दिएको छ ।
निर्देशनमा भनिएको छ, यस बैंकको समन्वयमा यही चैत्र छ गते देखि चैत्र १२ गतेसम्म ग्लोवल मनी वीक जिएमडब्लु–२०२३ हर्सोउल्लासका साथ मनाउने सन्र्दभमा सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले युवा लक्षित वित्तीय साक्षरता सम्वन्धी बिशेष कार्यक्रमहरु आयोजना गरी सम्पन्न भएका कार्यक्रमहरुको फोटो सहितको विवरण यस बैंकमा रहेको वित्तीय साक्षरता इकाईको इमेल ठेगानामा पठाउनु पर्ने छ ।