बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

बुधबार, फाल्गुन २४ २०७९

काठमाडौं – सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा“बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैंयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जानकारी दिएको छ । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु संचालनमा रहेका छन् ।