काठमाडौं वैशाख, ३१–
सिटिजन्स बैक इन्टरनेशनलले थप छ वटा शाखा सञ्चालनमा ल्याएको छ । योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको बैंकले बैशाख ३१ गते बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी इलामको माङसेबुङ ,सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती, काभे्रको तिमाल , सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ वटा शाखाहरु संचालनमा ल्याएको हो ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न बैंकले थप छ वटा शाखाहरु संचालनमा ल्याएको हो । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आ.व २०७४—०७५ मा पाल्पाको छहरा , नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि हुम्लाको सर्केगाड,कास्कीको सिमल चौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७० सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवालिनजिल्ला सदरमुकामवाशहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक , पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा ,अछामको ढकारी ,कैलालीको मोहन्याल,काठमाडौँको टोखा र थानकोटमा यसैआ.वमाथपशाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराएका छन् ।
बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा ,ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।