बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सांसद हरीशरण लामिछानेको निधन

सोमबार, बैशाख ३१ २०७५

काठमाडौं वैशाख, ३१–
भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ ।
एमालेबाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो । सांसद लामिछानेको  निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई  अस्पतालमै भेटेर स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।