काठमाडौं वैशाख, २३–
सरकारले आज सिन्डिकेट पक्षधर व्यवसायीसँग छलफल गर्ने भएको छ । सरकारले सिन्डिकेट हटाउने निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिउँसो सिंहदरबारमा छलफल गर्न लागेको हो । राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले छलफलको समय भने नतोकिएको जनाए । भारती हिरासत बाहिर रहेका महासंघका एकमात्र पदाधिकारी हुन्।
अत्यावश्यक सेवा अवरोध गरेको भन्दै महासंघका केही पदाधिकारीलाई शुक्रबार र केहीलाई शनिबार पक्रेर प्रहरी हिरासतमा राखिएको छ।
महासंघ सरकारी निर्णयको विरोध गर्दैै शुक्रबार देशभरि सार्वजनिक यातायात नचलाउने निर्णय गरेको थियो। सोही दिन व्यवसायीसँग छलफल हुने भनिए पनि धेरै पदाधिकारी पक्राउ परेकाले छलफल भएन।