बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अनलाइन जुवा खेलेर आईपीएलको बाजी थाप्ने दुई जना पक्राउ

बुधबार, बैशाख १९ २०७५

काठमाडौं वैशाख, १९–
 इन्डियन प्रिमियर लिग (आईपीएल) खेलको बाजी लगाएर अनलाइन जुवा खेल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन जुवा खेलेको आरोपमा पक्राउ परेका दुबैजना  भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरु भारतको पिपरास्टेशन थाना घर भइ हाल जमल बस्दै आएका ४२ वर्षीय मुकेश जैसवाल र मोतिहारीको ढाकास्टेशन घर भइ हाल काठमाडौंको टंकेश्वर बस्दै आएका २१ वर्षीय सञ्जिव कुमार जैसवाल रहेका छन् ।   

महानगरीय प्रहरी वृत्त, जनसेवाको विशेष टोलीले काठमाडौंको खिचापोखरी क्षेत्रमा अनलाइन जुवा हुने गरेको विशेष सूचनाको आधारमा  छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरु अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न भएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट १ लाख ४० हजार रुपैयाँ ५ सय नगदसहित जुवाका हिसाब राखेको नोट बुक समेत प्रहरीले बरामद गरेको छ । उनीहरुको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।