बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल बैकले थप सार्वजनिक सेयर निष्काशन गर्ने

आइतबार, बैशाख १६ २०७५

काठमाडौं वैशाख,  १६–
नेपाल बैंक लिमिटेड्ले १,७६,८४,८५८ कित्ता सेयर थप सार्वजनिक निष्काशन गर्ने तयारी गरेकोमा सो सम्वन्धि कार्यका लागि  सिद्धार्थ क्यापिटल लिमिटेड , नारायण चौर नक्साललाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । यस सम्वन्धी सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी  अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे । शेयरको निष्काशन मूल्यका सम्वन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ । उक्त निष्काशन मूल्य नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा तय गरिनेछ । 
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा पु¥याईरहेको यस बैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।