काठमाडौं वैशाख, २–
प्रभु बैंक लिमिटेड र नेपाल मेडिसिटी बीच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुबीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) का तर्पmबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र नेपाल मेडिसिटी बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) प्रदान गरिने सेवाहरुमा लाग्ने सेवाशुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । नेपाल मेडिसिटी सँगको यस सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहक महानुभावहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।