बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सनराइज बैंकको थप शाखा विस्तार

मंगलबार, चैत्र २७ २०७४

 

काठमाडौ चैत, २७–
सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा नयाँ शाखा विस्तार गरेको छ । बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा,  श्याम कुमार श्रेष्ठ र बैंकका अध्यक्ष मोतीलाल दुगडले संयुक्त रुपमा गरेका हुन् ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।