बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्निशोक

मंगलबार, चैत्र २० २०७४

काठमाडौं चैत, २०–
कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी  यशोदा श्रेष्ठको निधन भएको छ ।  लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।  उनको सोमवार राति ११ बजे  हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।  पछिल्लो समय क्यान्सरपीडित यशोदाको दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, एक छोरी छन् ।