काठमाडौं चैत, ८–
“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले करिब २५ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उदेश्यका साथ स्थापित बालविकास समाजलाई एक लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा एक लाख ५० हजारको चेक संस्थाको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरियो । बालविकास समाजका अध्यक्ष सुवास गौतमले उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा जानकारी गराउनुुभयो । कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिनु भयो । सभामा उपस्थित गरीब तथा जेहन्दार विद्यार्थीका अभिभाबकहरुलाई गरीब जन्मिनुमा मानबको गल्ति रहदैन तर गरिब भएर संसार बाट बिदा हुनुमा मानब स्वयंम जिम्मेवार रहने कुरा व्यक्त गरे । उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवन मासिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्तगर्दै खुशियाली जाहेर गरेका थिए । उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।