बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

समाजवादको यात्रा बद्लिएको छैनः प्रचण्ड

सोमबार, चैत्र ५ २०७४

काठमाडौं चैत, ५–
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले भाषण नभई एक्सन चाहेको बताएका छन् ।

सोमबार माओवादी केन्द्र निकट जनसांस्कृतिमा महासंघले  राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै प्रचण्डले  कम्युनिष्टहरुले रणनैतिकरुपमा उद्देश्यहरु बदलेपनि प्रमुख उद्देश्य समाजवादको यात्रा चाहिँ नबदलेको  प्रष्ट पारे ।

सो अवसरमा जीवन शर्मा, विमल निभा, सीता आचार्य लगायतलाई सम्मान समेत गरिएको थियो ।

आजै  समाजवादी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्र्माण गर्नुपर्ने बताएका छन् ।

 ‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्कोले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको बताउँदै प्रचण्डले भने, ‘हामीले धेरै कुरा पाएका छौं । तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, त्यसैले अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं ।’

पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको समेत उनले बताए  ।

बैठकमा संगठनका विभागीय इन्चार्ज दीनानाथ शर्मा र केन्द्रीय अध्यक्ष नरेश भण्डारीलाई अध्यक्ष प्रचण्डले सम्मानित गरेका थिए ।