बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि’ सार्वजनिक (भिडियो)

आइतबार, चैत्र ४ २०७४

 

काठमाडौं चैत, ४–
पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि‘’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।
हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आ“चल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आ“चलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।