काठमाडौं फागुन, २३–
कांग्रेस महामन्त्री शशांक कोइरालाले एमालेले विद्या भण्डारीलाई अघि सारेपछि भण्डारीप्रति आफ्नो असहमति दर्ज गर्न राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको बताए । बुधबार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईको उम्मेदवारी दर्ता गर्न पुगेका महामन्त्री कोइरालाका अनुसार यदि वाम गठबन्धनले भण्डारीबाहेक अरु कसैलाई राष्ट्रपतिमा अघि सारेको भए कांग्रेसले उम्मेदवारी नदिन सक्थ्यो ।
तर, एमालेले भण्डारीलाई अघि सारेपछि राष्ट्रियसभा सदस्य मनोनयन लगायतमा उनले अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै कांग्रेसले पनि राष्ट्रपतिको उम्मेदवार बनाएको महामन्त्री कोइरालाको तर्क छ । यद्यपि, चुनाव हारिन्छ भन्ने निश्चित छ । राष्ट्रिपति सबैको समान, सबैको संरक्षक पनि हो । सभामुख सबैको हो भन्ने सन्देश दिन उम्मेदवारी नदिने तर, सिंगो राष्ट्रको नेता’ राष्ट्रपतिमा चाहिँ किन उम्मेदवारी दिने ? भन्ने कुरा कांग्रेसमा नउठेको पनि होईन । तर, बिहीबार विहान बसेको केन्द्रीय समितिको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो ।
उता मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।