बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

आइतबार, फाल्गुन २० २०७४

काठमाडौं, फागुुन, २०–
‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूलनाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई  जितेका छन् ।  कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि  दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एक जना भाग्य शाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध  गराइएको थियो ।
भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार चार सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका थिए । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्त उपहार पाउने व्यवस्था गरिएको छ । त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा साइप्रसबाट मनीग्राम मार्फत पठाएको पैसा नेपालमा आइएमई मार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  एक सय ६० आईएमई सेन्टरसहित ७५ जिल्लाका सात हजार एक सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न  भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।