काठमाडौं पुस, २०–
जागिर लगाइदिने प्रलोभन देखाउदै ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘नेपाल विद्युत प्राधिकरणको जिएम लगायतका ठुला कर्मचारी चिनेका छौं भन्दै १० लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी विहुल स्थायी घर भएका जय प्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोक कुमार मुखिया रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
गएको भदौ २२ गते विद्युत प्राधिकरणबाट विभिन्न तहमा कर्मचारी माग भएकोमा सिनियर मिटर रिडर पदमा आवेदन दिएका मध्ये केही आवेदकसँग सम्पर्क गर्दै प्रलोभन देखाएर ठगेका थिए । महाशाखाका अनुसार जय प्रकाश दासले आफु ‘श्रम मन्त्रालयको कर्मचारी हुँ, विद्युत्तका ठुला कर्मचारीहरुसँग पहुँच छ’ भन्दै जागिर लगाउनका लागी आफ्नो खातामा १० लाख डिपोजिट गर्न लगाएर दुवै जना फरार भएका थिए । हाल कोटेश्वर बस्दै आएका दास पेशाले कानुन ब्यवसायी हुन् ।
मुखियालाई पुस १७ गते काठमाडौंको सिनामंगलबाट र दासलाई पुस १८ नियन्त्रणमा लिएर मुलुकी ऐन ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।
ठगी महलको दफा ४ अनुसार उनिहरुमाथी ५ बर्षसम्म कैद र विगो भराई बिगो बमोजिम जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।